सत्य स्वयममा न निर्बिवाद छ नत निरेपक्ष । एउटा कुनामा बसेर आफुलाई प्रतित हुने सिमित दुनियाँ वा आँखा अगाडि पर्ने केही सूचनाको दाँयारालाई संसार बनाएर पण्डित्याइ गर्ने ठुलै भिड को बिचमा मान्छे आधुनिक ज्ञानग्रहण गरिरहेका छन ।लाग्दछ सयमा नब्बे कुरा म पनि कतै आफ्नै संसारलाई सा भार गर्दछु र सोच्दछु कि अरबौ मान्छेको विश्वको सत्य यही होला भनेर ।
आफुले भोगेको बिगत लाई बर्तमान सत्यहरु माथि लगाउने लाल्मोहर बनाएर शब्दहरुको बजार मा आफ्नो अनुहार मिसाउनु छ क्यार । तर हासो त्यतिबेला लाग्दछ जब मलाई मात गर्ने गरी बितण्डाको लज्जास्पद सिकार भएको देख्दछु सत्यहरु जो न बिगत, न आज न भोलिको अनुभवका छेउ कुना पनि टेकेका हुँदैनन ।उपनिषद मा भनेको छ, वाद, जल्प र बितण्डा छन र यिनिहरु मध्य सबै भन्दा भ्रामक छ बितण्डा । गर्दा 'रोमान्टिक सेन्सेसन' र खोज्दा बेतुकका सन्दर्भ भएको शुन्य बिबेकशिलताको उपज हुन्छ बितण्डा हरुमा । बितण्डाको लाभ धेरैमा 'अरुलाई उल्लु साबित गर्नु' र यस्को कम्सल दर्जाको अर्को लाभ हो आफ्नो लागि 'भ्रामक दोष मुक्तिको' भाव । अरुलाई नराम्रो कसरी बनाउने भन्ने एक प्रकारको बहिर्मुखी खोजमा ब्यक्ती आफुलाई अध्ययनको लायक पनि राख्दैन । यो बानी बढ्दै जाँदा स्व्यम भित्रको 'अभौतिक संकट' को ज वाफी रणनितीमा स्व्यमलाई 'हिनता बोधको' दलदलमा लैजान्छ ।
यस्ता मान्छेलाई नकरात्मकमात्र भन्न मिल्दैन । यिनिहरुलाई जीवनको उज्यालो को संकट काल गुजारिरहेका र जीवनमा वास्तबिकता सँग भागीरहेका पीडितहरु भन्दा फरक पर्दैन । जीवनमा तथ्यहरुमा आफ्नो सत्यहरुको या गैरानुभुत अनुभवको जलप लगाएर तर्क संगत देखाउने काम 'जल्प' हो भने यो भन्दा पनि कमसल तर्कको हैसियत हो बितण्डा । जल्प र बितण्डाले आफ्नो केन्द्रमा वाद भएझै दिग्भ्रमित भएपनी यिनिहरु वाद भन्दा धेरै पर हुन्छन । वादले त हामीलाई जीवनको अनुभव वा तथ्य सम्मको यात्रा गराउदछ । वाद अनुभवको आगो र शब्दातित अभिब्यक्तिमा सन्चारित हुन्छ । जबकी जल्प र बितण्डामा हल्ला धेरै र तथ्य बिरलै हुन्छन ।
यिनै जल्प र बितण्डालाई रुसोले भनेका छन 'स्टोरि टोल्ड बाइ एन इडियट, फुल अफ साउण्ड एण्ड फ्युरी सिग्निफाइङ न थिङ' ।
यिनै जल्प र बितण्डालाई रुसोले भनेका छन 'स्टोरि टोल्ड बाइ एन इडियट, फुल अफ साउण्ड एण्ड फ्युरी सिग्निफाइङ न थिङ' ।
मुस्किलले २० जना बिद्द्वत जानकार हरु सँग मिसिएका प चासौ बिश्लेषक, यिनिहरु सँग मिसिएका सयौ मत र ति मत देखेर सत्य बनाउने हजारौ मस्तिष्कका पार गरी सक्दा तथ्यहरु अक्सर हल्ला र हल्ला संसारको बाच्ने तरिका बनिसकेका हुन्छन ।हल्लाको एउटा पक्ष धर्-स्विकार वा इन्कार जे गरे पनि हामी या त जल्प या बितण्डाको हिस्सा भन्दा माथि उठदैनौ । भुकम्पले हामीलाई र हाम्रा सत्य हरुलाई सतहमा ल्याएको छ । भोग्ने मान्छेको हरेक दिनको तथ्यहरु भन्दा शक्तिशाली भएर हल्ला र गैरानुभुत (जसलाई वास्तबिकताको कुनै भेउ र भोगाइ छैन) तर्कहरु बाच्नु परेकोछ । यो पण्डित्याइ जात, पेशा र बिद्या बिशेष छैन बरु दुनियाँलाई सत्य सम्प्रेषणका अग्रिम चेतनामा आफुलाई देखाउन चाहने पात्र बिशेष छ । सामाजिक भूमिकामा होइन यो ब्यक्तिको आफुलाई उभ्याउने स्थान बिशेष छ । जो जस सँग यो सम्बन्धित छ, पिरो र अमिलो नमानेर हाम्रो देशका लाखौं परिवार का जीवन भोगाइ र उनिहरुका बाच्ने तथ्यहरुलाई 'रोमान्टिक सेन्सेसन' नबनाएर वा बितण्डाका बिषय नबनाइ सहयोग गर्दा राम्रो होला । खासगरी तिनिहरुले जो यो अवस्थाको मुक दर्शक भएर खाली नकारात्मक हल्ला को महल खडा गर्छन् उनिहरु मौन बसेकै राम्रो ।
मेरो अन्तस्को गहिरो ठम्याइ यो छ कि, सरकार र यो देशको निती निर्माणमा जिम्मेवार हरु भन्दा अरुकोही बढी चिन्तित र सम्बेदनशील होलान जस्तो लागेको छैन । 'आमाले राखेको पाखा र अरुले राखेको काखा' उस्तै हो । अलिअली सत्यको पुच्छर समातेर, भएको सबै निकम्मा अनी हुनै नसक्नेको ठुलो अभाव श्रीजना नगरेकै बेस हुन्छ । समाजले अहिले आफ्नो हैषियत निरिह देख्न चाहेको छैन । हामीसँग भएका हरुमा नै हामीले नायकपन बिकास गर्न सक्छौ । हाम्रो जीवनकालमा भएको पहिलो महाबिपत्तिमा हामी अनुमानका समस्यामात्र आयात र प्रक्षेपन गर्न सक्दैनौ । जसको समस्या हुन्छ उसैसँग समाधान हुन्छ । प्रश्न जसको अनुभव हुन्छ उसैको उत्तर आधिकारिक हुन्छ । खेल खेलाडिको हुन्छ, दर्शकको चाहना निर्णयक हुँदैन । दर्शक हेर्ने वा नहेर्ने भन्दा बढी केही गर्न सक्दैनन । दर्शकले गर्ने हल्ला हो र हल्लाको सबै भन्दा नकारात्मक प्रभाव हल्ला गर्नेलाई नै पर्दछ । खेल्ने मान्छे भन्दा बढी पीडित यदी दर्शक हुन्छन भने त्यो उनिहरुको आफ्नो आशक्तिको दासत्व हो । बितण्डाले हामीलाई हाम्रा धरोहर र गएका जीवन फर्काउन त सक्दैनौ, कसैलाई नराम्रो देखाएर हामी बिगत फर्काउन सक्दैनौ तर कम्तिमा हल्लाको हिस्सा नभै कसैका आधिकारिक अनुभवको कदर गर्न जरुर सक्छौ ।
0 Comments